`एकता कार्यदल भंग गरी गद्दारहरुलाई तत्कालै पार्टीबाट निकाल्नुपर्छ´: युवा संघ अध्यक्ष सिंह
काठमाडौं । युवा संघ नेपालका अध्यक्ष बच्चनबहादुर सिंहले सूर्य चिन्हमा मतदान नगरी पार्टीका उम्मेद्वार हराउन लाग्ने एमाले माधवकुमार नेपालसहित सवै जनप्रतिनिधिलाई पार्टीबाट निश्काशन गर्न माग गरेका छन बागमति प्रदेशमा आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान नगर्नेहरुलाई पार्टीमा एक मिनेट पनि राख्न नहुने अध्यक्ष सिंहको भनाई छ ।
‘पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टीभित्रै बसिरहेका सकुनीहरुको मुखौटो आज फेरि उदाङ्गिएको छ, सूर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाती गद्दारहरुलाई अब एक मिनेट पनि पार्टीमा बस्ने सुबिधा दिईनु हुँदैन,’ युवा संघ अध्यक्ष सिंहले भने ।
उनले माधव नेपाल समुहलाई एमालेमा बस्ने सुबिधा अव नरहेको धारणा पनि राखे। गधा धोएर गाई हुँदैन, त्यसैले पार्टी एकीकरणका लागि बनाईएको कार्यदलको अब कुनै औचित्य नरहेकोले भङ्ग गरी पार्टीभित्रका धमिराहरुलाई यथाशीघ्र कार्वाही गरी पार्टी सुद्धिकरण प्रकृया अगाडि बढाउनुको बिकल्प हुँदैन, सिंहले भने ।
Comments
अरु समाचार
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
समाजलाई भ्रममुक्त बनाउन आवश्यकः ओली
काठमाडाैं । नेकपा (एमाले)का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...













