माधव नेपाल, भीम रावलसहित ११ सदस्यलाई स्पष्टीकरण सोध्ने एमाले निर्णय
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
“कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ,” ज्ञवालीले भने, “माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्नुस् भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हाैँ ।” लिखित स्पष्टीकरण सोधिएका विघटित संसदका सांसद :
१ःझलनाथ खनाल
२ः माधवकुमार नेपाल
३ः भीमवहादुर रावल
४ः मुकुन्द न्यौपाने
५ः रामकुमारी झाँक्री
६ः सरला यादव
७ः पुष्पाकुमारी कर्ण
८ः कलिला खान
९ः निरादेवी जैरु
१०ः लक्ष्मी कुमारी चौधरी
११ः कल्याणी खड्का
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...