प्रधानमन्त्री ओलीको आरोप- कांग्रेस पनि ‘प्रचण्ड पथ’ मा हिँड्न थाल्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई हिंसामार्फत सत्ता कब्जा गर्न लागि परेको शक्ति भन्दै नेपाली कांग्रेस पनि त्यसको पछि लागेको बताएका छन् ।
आइतबार बालुटावारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको समेत टिप्पणी गरे। ‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ,’ उनले भने, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’
कांग्रेस नेतृ पुष्पा भुसालले ओलीले गराएको चुनावमा कांग्रेसले भाग नलिने बताएको भन्दै त्यसप्रति आक्रोस पोखे। ओलीले भने, ‘मलाई ताजुब के लाग्यो भने, मैले हिजो पुष्पा भुसालले बोलेको संचार माध्यममा हेरेँ, ‘केपी ओलीले गरेको चुनावमा भाग नलिने रे । कसले गराएको चुनावमा भाग लिने ? यो कुन प्रजातन्त्रको परिभाषाभित्र पर्छ ?’ ओली माओवादी केन्द्र लोकतान्त्रिक प्राणालीविरुद्ध हिंसामा लागेको र त्यसमा सफल हुने नदेखेपछि चाल बदलेको बताए।
‘उहाँहरू हिंसाको बाटोमा हिँड्नु भएको हो,’ उनले भने, ‘उहाँहरू लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफ्ती सत्ता कब्जा गर्ने र तानाशाही लाद्ने उद्देश्यले हिंसामा लाग्नु भयो । नसकिने भएपछि पैताला बदल्नु भयो । चाल बदल्नु भयो ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












