‘म कति बाँच्छु थाहा छैन, लोकतन्त्र सधैं बाच्नुपर्छ’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू कति बाँच्छु भन्ने थाहा नभए पनि लोकतन्त्र सधैं बाच्नुपर्ने बताएका छन्। शुक्रबार मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि ओलीले लोकतन्त्र नै मास्न लागेको आरोप विपक्षीले लगाइरहेका बेला पत्रकारसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘लोकतन्त्रलाई जिताउनु मेरो कर्तव्य हो। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाच्नुपर्छ’, आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘मेरो पार्टीले चुनाव चित्छ जित्दैन थाहा छैन, लोकतन्त्रले सधैं जित्नुपर्छ।’
त्यसैगरी ओलीले यो लडाइँ आफ्नो लागि नभएको दाबी गरेका छन्। उनले आफ्ना लागि मान्छेले ज्यान जोखिममा राख्न नसक्ने भन्दै यो लडाइँ आफ्ना लागि नभएको बताएका हुन्। ‘मेरो लडाइँ आफ्ना निम्ति होइन। जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तबमात्र ज्यान जोखिममा राख्नसक्छ। मैले सधै ज्यान गोखिममा राखेको छु’, ओलीले भने।
आफूले गराउने चुनाव निष्पक्ष हुने दाबी गर्दै ओलीले आफू लोकतान्त्रिक आचरणभन्दा बाहिर नजाने दाबी गरे। लोकतान्त्रिक आचारणभित्र रहेरै निष्पक्ष चुनाव गर्ने उनको भनाइ छ।
‘मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारण भन्दा बाहिर गएर चुनाव हुँदैन’, ओलीले भने, ‘मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ। स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस्।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












