आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आवश्यकता परे स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश ल्याइएको बताए । प्रधानमन्त्री ओलीले अहिले कोरोना संक्रमणको स्थितीमा सुधार आएको जनाए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्पूर्णलाइ उनले आग्रह गरे । भारतबाट लिक्विड अक्सिजन नियमित आउन थालेको उनले बताएका छन् ।
उनले अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा संचालन गरिएको छ र विदेशबाट एअरलिफ्ट गरेर अक्सिजन ल्याइएको बताए । उनले मित्र राष्ट्रबाट पर्याप्त मात्रमा भेन्टिलेटर, अक्सिजन, स्वास्थ्य सामग्री भित्रिएको बताउँदै मित्र राष्ट्रहरुको सहयोगप्रति आभार व्यक्त गरे । गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्टका नेपालीप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले एनआरएनलाई धन्यवाद दिए ।
कोभिड संकट व्यवस्थापन अध्यादेशले राज्यको सम्पूर्ण शक्ति विरुद्ध परिचालित गर्न सजिलो भएको उनको भनाइ छ । उनले भने ‘वीर अस्पतालाई कोभिड एकीकृत अस्पताल बनाइएको भन्दै उनले आवश्यकताअनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने व्यव्स्था भएको छ । ४५ निजी अस्पतालसँग निशुल्क उपचारको सम्झौता भएको छ । १ सय ५७ अस्पतालमा कोभिडको उपचार भइरहेको छ । ’
३२ लाख २८ हजार डोजबाट खोप अभियान बढाइएको उनले बताए । थप खोपको व्यव्स्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाउने र महामारी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड उपचारमा खटिएका राष्टसेवकमाथि हुने भौतिक आक्रमणलाई सुरक्षाकर्मीकै जस्तो दण्डनीय बनाइने उनले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












