बजेट भाषण आज ४ बजे : अध्यादेशका लागि मन्त्रिपरिषद्को बैठक बस्दै, वृद्धभत्ता र कर्मचारी भत्ता बढ्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्।
संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्। मन्त्रिपरिषद्को बैठकले अध्यादेशको रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नेछ।
राष्ट्रपतिले स्विकृति प्रदान गरेपछि अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको छ। बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने भएको छ।
अध्यादेशबाट जारी हुने बजेटमा वृद्धभत्ता बढाउने कार्यक्रम हुने छ। प्रधानमन्त्रीले नै यो कार्यक्रम घोषणा गरिसकेका छन्। कर्मचारीको पनि भत्ता बढ्ने छ।
बजेटमा राजस्वको लक्ष्य २१ प्रतिशतले बढाइएको छ। यसपाली सरकारले कोभिड नियन्त्रण र खोपलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछ। बजेटमा निर्वाचनका लागि पनि स्रवत बिनियोजन गरिएको छ। संघीय संसद र स्थानीय तह निर्वाचनका लागि करिव ३० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












