ओलीले पूर्वन्यायाधीशहरूलाई भने– आफ्ना पालामा केही नगर्ने, पेन्सन खाएपछि सडकमा ताण्डव ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चारजना पूर्वप्रधानन्यायाधीशमाथि खनिएका छन् ।
सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको बताएका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केहीदिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।
“उहाँहरू त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढिसुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पुर्याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ ?” प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
उनले यस प्रकारका ‘आउटडेटेड एलिमेन्ट’हरूबाट देशलाई दुस्प्रभावित हुन नदिइने बताए । र, जोगाइने पनि उद्घोष गरे ।
उनले अरू पनि यस्ता तत्त्व देखिएको बताए । “कसैलाई पूर्ण बजेट ल्याउनुहुँदैन, कसैलाई बजेट ल्याउनुहुँदैन, कसैले विकास बजेट ल्याउनुहुँदैन, विकासका कामलाई एकवर्ष ठप्प राख्नुपर्छ, जनताहरूलाई सेवा गर्न हुँदैन । सरकार, राज्यको काम जनताको सेवा गर्ने होइन, हो भने पनि यतिबेला स्थगित राख्नुपर्छ, महामारीको यस्तोबेला छ, जनतालाई उपचार गर्नुपर्छ,” उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












