राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने, ८ बजे शपथ
काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा शुक्रबार सरकारमा जान लागेको हो ।
जसपाबाट महतोको नेतृत्वमा १० जना नेता सरकारमा जाने पक्का भएको छ । तीमध्ये आठ जना मन्त्री र दुई जना राज्यमन्त्री बन्नेछन् । नेता महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
यस्तै, नेता शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिल झाले खानेपानी तथा सरसफाइ, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, चन्दा चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाले वन तथा वातावरण र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
यस्तै, रेनुका गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।जसपाका मन्त्रीको शपथ साँझ ८ बजेका लागि तय गरिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











