बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन
ललितपुर । नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुशासन आयोग सदस्य राजेशहरी जोशीको हृदयघातका कारण निधन बएको छ ।
हृदयघातका कारण जोशीको बि एन्ड सी अस्पतालमा चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
जोशी ८ वर्षसम्म नेपाल बुद्धिचाल संघको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनको नेतृत्वमा नेपालबाट पहिलो फिडे मास्टर मनिष हमाल र अन्तरराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु भएका थिए भने, उनले जिम्मेवारी लिदा नेपालमा रेटेड खेलाडी आौलमा गन्न सकिने अवस्थामा थिए । उनको सक्रियतामा रेटिङ प्रतियोगिताहरु संचालन भएपछि ९/१० जना रेटेड खेलाडीबाट ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादनमा भूमिका खेलेको श्रेय उनीमाथि जाने बुद्दिचाल संघले जनाएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. शुशिल कोइरालासँग स्व. जोशी
नेपालको बुद्धिचाल खेललाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन योगदान दिएका जोशी सन २०१४ मा नर्वेमा भएको फिडे कांग्रेसबाट विश्व बुद्धिचाल महासंघको कार्यसमिमति सदस्य र अनुसासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै, सन २०१८ मा जर्जियाको बुतीमा भएको कांग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भएका जोशी सन २०१४ देखि २०१७ सम्म नेपाल, भुटान, बंगलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंका रहेको एसियन ३.२ को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
नेपाली बुद्धिचाल खेल इतिहासमा अन्तर्राष्ट्रिय स्तरको सर्वोच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति हुन् । उनको नेतृत्वमा सन् २०१० मा रसिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्राण्ड मास्टर सहभागीता रहेको अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३.२ प्रतियोगिता दुई पटक र साउथ एसियन प्रतियोगिता महत्वपुर्ण प्रतियोगिता भएको थियो । नगरकोटमा भएको एशियन जोनल ३.२ प्रतियोगितामा फिडेका अध्यक्ष क्रिसान पनि समापनमा समारोहमा उपस्थित भएका थिए ।
उनले नेतृत्व गर्नु अगाडि नेपालको प्राविधिक पक्ष शुन्यको अवस्थामा रहेको थियो । उनको अन्तर्राष्ट्रिय सम्बन्ध र सक्रियताले अहिले नेपालमा १० जना अन्तर्राष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढी राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षणकहरु रहेका छन् ।
२०१३ साल बैशाखमा जन्मिएका जोशीको श्रीमती, एक छोरा, एक छोरीसहित आमा र बुबा छन् । सहकारी अभियान्ताको रुपमा परिचित जोशीको निघनले नेपालको खेल जगतले अकल्पनीय क्षति व्यहोरेको जनाइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












