बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन
ललितपुर । नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुशासन आयोग सदस्य राजेशहरी जोशीको हृदयघातका कारण निधन बएको छ ।
हृदयघातका कारण जोशीको बि एन्ड सी अस्पतालमा चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
जोशी ८ वर्षसम्म नेपाल बुद्धिचाल संघको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनको नेतृत्वमा नेपालबाट पहिलो फिडे मास्टर मनिष हमाल र अन्तरराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु भएका थिए भने, उनले जिम्मेवारी लिदा नेपालमा रेटेड खेलाडी आौलमा गन्न सकिने अवस्थामा थिए । उनको सक्रियतामा रेटिङ प्रतियोगिताहरु संचालन भएपछि ९/१० जना रेटेड खेलाडीबाट ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादनमा भूमिका खेलेको श्रेय उनीमाथि जाने बुद्दिचाल संघले जनाएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. शुशिल कोइरालासँग स्व. जोशी
नेपालको बुद्धिचाल खेललाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन योगदान दिएका जोशी सन २०१४ मा नर्वेमा भएको फिडे कांग्रेसबाट विश्व बुद्धिचाल महासंघको कार्यसमिमति सदस्य र अनुसासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै, सन २०१८ मा जर्जियाको बुतीमा भएको कांग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भएका जोशी सन २०१४ देखि २०१७ सम्म नेपाल, भुटान, बंगलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंका रहेको एसियन ३.२ को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
नेपाली बुद्धिचाल खेल इतिहासमा अन्तर्राष्ट्रिय स्तरको सर्वोच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति हुन् । उनको नेतृत्वमा सन् २०१० मा रसिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्राण्ड मास्टर सहभागीता रहेको अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३.२ प्रतियोगिता दुई पटक र साउथ एसियन प्रतियोगिता महत्वपुर्ण प्रतियोगिता भएको थियो । नगरकोटमा भएको एशियन जोनल ३.२ प्रतियोगितामा फिडेका अध्यक्ष क्रिसान पनि समापनमा समारोहमा उपस्थित भएका थिए ।
उनले नेतृत्व गर्नु अगाडि नेपालको प्राविधिक पक्ष शुन्यको अवस्थामा रहेको थियो । उनको अन्तर्राष्ट्रिय सम्बन्ध र सक्रियताले अहिले नेपालमा १० जना अन्तर्राष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढी राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षणकहरु रहेका छन् ।
२०१३ साल बैशाखमा जन्मिएका जोशीको श्रीमती, एक छोरा, एक छोरीसहित आमा र बुबा छन् । सहकारी अभियान्ताको रुपमा परिचित जोशीको निघनले नेपालको खेल जगतले अकल्पनीय क्षति व्यहोरेको जनाइएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












