सभापतिमा दोहोरिन देउवाको तयारी तीव्र, यसपटक निधिले साथ नदिने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिन तयारी तीव्र पारेका छन्।
यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेद्वार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न थालेका छन्।
उनले प्रदेशगत रुपमा केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएर आफू सभापतिमा उठ्ने जानकारी दिँदै सहयोगका लागि अनुरोध गरेका छन्। आफ्नो निवास बूढानीलकण्ठमा शनिबार देउवाले प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका छन्।
छलफलका क्रममा उनले आफूले फेरि पनि सभापतिमा उम्मेद्वारी दिन लागेको जानकारी दिँदै सहयोग र सुझाव दुवै मागेका थिए।
उनको सचिवालयका अनुसार देउवाले आइतबार छलफलका लागि बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएका छन्। आइतबारको छलफलमा पनि देउवाले सहयोगका लागि आग्रह गर्नेछन्। बागमती प्रदेशका नेताहरुलाई बिहान १० बजे बोलाइएको छ।
यसपटक निधि आफै लड्ने
लामो समयदेखि देउवालाई साथ दिँदै आएका उपसभापति बिमलेन्द्र निधिले यसपटक आफै मैदानमा उत्रने घोषणा गरेका छन्।
यसअघि नै देउवासँग १३औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुसार आफूलाई सहयोग गर्न आग्रह गरे पनि देउवाले ठोस जवाफ दिएका थिएनन्।
तर शनिबार प्रदेश २ सँगको छलफलमा देउवाले सहयोगका लागि फेरि आग्रह गरे पनि निधिले अस्वीकार गरेको सहभागी एक नेताले बताए। देउवाको आग्रहमा निधिले यसपटक आफै सभापति उठ्ने भएकाले उल्टै सहयोगका अनुरोध गरेका छन्।
निधिले नछाड्ने भएपछि यसपटक संस्थापन पक्षबाटै सभापतिका दुई जना उम्मेद्वार हुने भएका छन्। उता इतर समूहमा सभापतिका आकांक्षीहरुले धेरै हुँदा तयारी अघि बढाउन सकेका छैनन्।
संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत सभापतिका आकांक्षी छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












