सभापतिमा दोहोरिन देउवाको तयारी तीव्र, यसपटक निधिले साथ नदिने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिन तयारी तीव्र पारेका छन्।
यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेद्वार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न थालेका छन्।
उनले प्रदेशगत रुपमा केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएर आफू सभापतिमा उठ्ने जानकारी दिँदै सहयोगका लागि अनुरोध गरेका छन्। आफ्नो निवास बूढानीलकण्ठमा शनिबार देउवाले प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका छन्।
छलफलका क्रममा उनले आफूले फेरि पनि सभापतिमा उम्मेद्वारी दिन लागेको जानकारी दिँदै सहयोग र सुझाव दुवै मागेका थिए।
उनको सचिवालयका अनुसार देउवाले आइतबार छलफलका लागि बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएका छन्। आइतबारको छलफलमा पनि देउवाले सहयोगका लागि आग्रह गर्नेछन्। बागमती प्रदेशका नेताहरुलाई बिहान १० बजे बोलाइएको छ।
यसपटक निधि आफै लड्ने
लामो समयदेखि देउवालाई साथ दिँदै आएका उपसभापति बिमलेन्द्र निधिले यसपटक आफै मैदानमा उत्रने घोषणा गरेका छन्।
यसअघि नै देउवासँग १३औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुसार आफूलाई सहयोग गर्न आग्रह गरे पनि देउवाले ठोस जवाफ दिएका थिएनन्।
तर शनिबार प्रदेश २ सँगको छलफलमा देउवाले सहयोगका लागि फेरि आग्रह गरे पनि निधिले अस्वीकार गरेको सहभागी एक नेताले बताए। देउवाको आग्रहमा निधिले यसपटक आफै सभापति उठ्ने भएकाले उल्टै सहयोगका अनुरोध गरेका छन्।
निधिले नछाड्ने भएपछि यसपटक संस्थापन पक्षबाटै सभापतिका दुई जना उम्मेद्वार हुने भएका छन्। उता इतर समूहमा सभापतिका आकांक्षीहरुले धेरै हुँदा तयारी अघि बढाउन सकेका छैनन्।
संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत सभापतिका आकांक्षी छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












