पार्टी छाडेका १४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले गर्यो कारबाही, को-को परे ?
काठमाडाै । नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेका १४ जना जनप्रनिधिलाई कारबाही गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो ।
सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै कैलालीबाट चार जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक/एक जना कारबाहीमा परेका छन् ।
माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउने भएको छ ।
को-को परे कारबाहीमा ?
रिनाकुमार साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट
सियाराम कुशवाहा, प्रमुख- कटहरिया नगरपालिका, रौतहट
परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट
गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नरपालिका, रौतहट
कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट
सीमलाल साह, उपप्रमुख- माधवनारायण नगरपालिका, रौतहट
गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट
सतमीलाल दास ताती, सदस्य- लहान नगरपालिका, सिरह
शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी
छाया देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली
भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४, कैलाली
शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका १, कैलाली
पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४, कैलाली
सुरेश कुमार थापा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका १, ओखलढुंगा
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












