सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन
काठमाडौँ। विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष थाल्दैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आजै विरोध प्रदर्शन गर्दैछन् ।
कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् ।
सडक संघर्षका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल समेत तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको तथा त्यसमा राष्ट्रपतिले साथ दिएर प्रतिनिधिसभा भंग भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्चमा मुद्दा विचारधिन रहेकै अवस्थामा सडक संघर्षमा होमिन लागेको हो ।
विद्यार्थी संगठनको आज विरोध प्रदर्शन
विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठन आज सरकारविरूद्ध प्रदर्शनमा उत्रदैछन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गरेर निराश बनाएकाले विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूले जनाएका छन् ।
मुलुक विपत्तिमा फस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदम चाल्दै संविधान नै सिध्याउने खेलमा लागेका आन्दोलित हुन बाध्य भएको अखिल क्रान्तिकारीका नेता तिलकराज भण्डारीले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












