माधव समूह शब्द–शब्दमा शंका गर्न थाल्यो : ओली समूह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा शब्द–शब्दमा शंका गर्ने प्रवृत्ति हावी भएको निष्कर्ष निकालेको छ । उनीहरुको माग अनुसार नै २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउँदा पनि शंका व्यक्त गरेको एक नेताले बताए ।
“हरेक कुरामा पछिल्लो समय अलि बढी शंका गरिएको छ । शब्द–शब्दको विष्लेषण गरेर शंका व्यक्त गर्ने प्रवृत्ति हावी भएको छ । कसरी गरे कसरी गरेनन् । के बोले भन्ने कुरामा अलिक बढी शंका भएको देखिन्छ,” उनी भन्छन्, “तर, पार्टी अध्यक्षले आफूलाई पार्टी एकताबद्ध बनाउन जुन ठाउँमा उभ्याइरहनु भएको छ । सबैले यति गर्न सक्दैन ।”
आजको बैठकमा नेताहरुको पोर्टफोलियो अनुसार निम्ता पठाइएको छ । महाधिवेशन आयोजक कमिटी भंग गरेर लचकता अपनाउँदा पनि त्यसलाई शंकाको दृष्टिले हेरेर बैठकमा नआउनुपर्ने कुनै कारण नरहेको ती नेताको भनाइ छ ।
“बैठक कसरी बस्न भन्ने सन्दर्भमा निम्तो गर्दा पनि पोर्टफोलियो नै तोकेर निम्तो गरिएको छ । यो हदको सबै प्रयत्न गरिएको छ । पार्टी अध्यक्ष स्वयम्को पहलमा फोन वार्ता सुरु गर्नु भएको छ । उहाँहरुको माग बमोजिम नै बैठक डाकिएको हो । नत्र भने हामी दशौं महाधिवेशन आयोजक कमिटीले महाधिवेशन आयोजना गर्ने तयारीका साथ अघि बढेका थियौं,” ओली समूहका एक नेता भन्छन्, “ती कुरालाई अन्त्य गरेर जेठ २ कै कमिटीमा गएको हो । त्यति गर्दा पनि तलकुरे बाइमात्रा मिलेन भनेर अड्किनुपर्ने ठाउँ चाहीँ हामीले देखेका छैनौं ।”
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












