एमाले कार्यदल सहमति नजिक, ओली र नेपालको संयुक्त वक्तव्यको मस्याैदा तयार
काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए ।
सोमवार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको र अहिलेसम्म अनौपचारिक वार्तामा भएका सहमतिबारे छलफल भएको उनले बताए । आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने उनको दावी छ ।
एमाले स्रोतका अनुसार कार्यदलमा पार्टी एकताको सन्देश दिने मस्यौदामा समेत छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा संयुक्त वक्तव्य निकाल्ने तयारी छ ।
यसअघि आइतवार नेपाल निवास पुगेका सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेलले एमाले एक छ भन्ने सन्देश दिन दुवै नेता भेटेर कुरा गर्न र संयुक्त वक्तव्य दिन आग्रह गरेका थिए ।
नेपालले आफू त्यसमा सकारात्मक रहेको भन्दै कार्यदलमा छलफल गर्न सुझाव दिएका थिए । त्यसपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावललाई बोलाएर लामो कुराकानी गरेका थिए ।
ओलीसँगको कुराकानीपछि रावल पार्टी एकता कायम गराउन अग्रसर भएको उनी निकट स्रोतले जनाएको छ । माधव नेपाललाई मनाउन सक्ने क्षमता पनि रावलमै रहेकाले ओलीले उनीसँग छलफल गरेको बताइन्छ ।
कार्यदलमा सहमतिपछि सम्भवतः आज बेलुकासम्म दुई नेताको संयुक्त वक्तव्य आउनेछ । तर वक्तव्यको मस्यौदाको तयारी भैरहेको एमाले स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी शेरहवादुर देउवासहित माधव नेपाल पक्षले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएर फैसलाको मिति तोकिएको एक साताको अवधिलाई पार्टी एकता कायम गर्ने अवसरका रुपमा लिन एमाले नेतृत्वमाथि दबाब छ ।
सर्वोच्च अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने आशयको भाषा राखेर एमालेको सांगठानिक जीवनलाई २०७५ जेठ २ को प्रस्थानविन्दूबाट अघि बढाउने विषयमा वार्ता टोली सहमति नजिक पुगेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












