सीसीपी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा सीले भने: राजनीतिक दलहरुले जनताको आवाज सुन्नुपर्छ’
काठमाडौँ । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले राजनीतिक दलहरुले जनताको आवाजलाई सुन्नु पर्ने भएका छन् । सीसीपी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्नुपर्ने बताएका हुन् ।
सी विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए । सीले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनु पर्ने उल्लेख गरे । साथै, मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने सीले बताएका थिए ।
सीले विकास विश्वका केही मुलुकहरुको विशेष अधिकार नभएको उल्लेख गर्दै राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै जानुपर्ने बताए । उनले भने,‘विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ । साथै, प्रविधिले नाकाबन्दी, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्छ ।’ सीले राजनीतिक दलहरूले सहकार्यलाई सुदृढ पार्ने जिम्मेवारी वहन र विश्वव्यापी जोखिम र चुनौतीहरू सामना गर्न मिलेर काम गर्नु पर्ने बताए ।
उनले सम्बोधनको क्रममा नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने र महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने बताए । उनले मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । ‘प्रजातन्त्रका विभिन्न तरिका छन् तर एकै मात्र होइन भन्दै एक देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुरा सो मुलुकका जनताले मूल्यांकन गर्नुपर्छ,’ उनले भने । उनले कुनै मानिसले निश्चित गर्नु हुँदैन भन्ने कुरामा जोड दिए ।
सीले चीन सधैं नै विकासोम्मुख मुलुकमध्ये एक भएको र निरन्तर रुपमा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीमा विकासोन्मुख मुलुकको प्रतिनिधित्व र आवाज अधिकारलाई उकास्न प्रयास गरिरहने बताए ।
सीले आधुनिकीकरणको लागि कुनै निश्चित मोडेल नभएको उल्लेख गरे । ‘आफ्नो लागि सबैभन्दा उपयुक्त छ भने त्यो राम्रो छ । स्वतन्त्र रूपमा आधुनिकीकरणको मार्ग पत्ता लगाउन प्रत्येक देशको प्रयासलाई सम्मान गर्नु पर्छ,’ उनले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












