‘संसद विघटन प्रधानमन्त्रीको जघन्य राजनीतिक अपराध हो’
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए।
‘एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो।’ बिडारीले भने, ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन। किनभने प्रतिनिधिसभा जनताको सभा हो।’
प्रधानमन्त्री चुन्ने मुख्य कर्तव्य प्रतिनिधिसभाको भएको भन्दै बिडारीले थपे, ‘प्रतिनिधिसभालाई विघटन गरेर त्यसको सम्पूर्ण अधिकार आफूले प्रयोग गर्ने यो बेइमानी हो ।’
उनले चुनाव पनि प्रधानमन्त्रीले भनेअनुसार नहुने संविधानले भनेअनुसार हुने बताए।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) को अधिकारको अपव्याख्या गरेको तर्फ व्यङ्ग्य गर्दै बिडारीले भने, संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ मात्रै लेखेको भए, आच्या ! म त मेरै भाइलाई नियुक्ती गर्छु। संविधानले राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइ, छोरीलाई गर्न पाइँदैन भनेर लेख्या छैन भनेर अपव्याख्या गर्न सक्ने देखियो।
उनले अहिले निर्दलीयताका कुरा उठाइएको भन्दै दलीय व्यवस्था भित्र अहिले पनि केही निर्दलीय अभ्यासहरू भइरहेकाे दाबी गरे।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












