कार्यदलको बैठकअघि सिंहदरबारमा पौडेल, रावल र पोखरेलबीच छलफल
काठमाडाैँ । एमाले कार्यदलको बैठकअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र माधव पक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएको स्रोतले जनाएको छ ।
कार्यदलले पार्टी विवाद समाधान गर्ने मस्यौदा तयार गरिरहेको बुझिएको छ । यद्यपी उक्त मस्यौदामा केही विषयमा नेताहरुबीच साझा भाषा खोज्ने क्रम जारी रहेपनि त्यस्तो उपयुक्त भाषा भेटिइनसकेको नेताहरुले बताएका छन् । हिजोको कार्यदल बैठकपछि आज बस्ने बैठकले सहमतिको विन्दु पहिल्याउने नेताहरुले बताएका थिए ।
सोही अनुसार आज कार्यदलको बैठक बस्दैछ । कार्यदल सदस्यहरुको पहलमा बुधबार बेलुका अध्यक्ष ओली र नेता नेपालबीच भएको छलफल विना निष्कर्ष सकिएको थियो । दुई नेताबीच कुरा सकारात्मक नभएपनि कार्यदल सदस्यहरुले भने विवाद समाधान गरेरै छोड्ने दावी गरेका छन् ।
ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले नेताहरुबीचको संवाद सकारात्मक भएको भन्दै आज बस्ने कार्यदल बैठकले विवादको टुंगो लगाउन सक्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












