माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पार्टी हो : टोपबहादुर रायमाझी
काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् ।
शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाए ।
२९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको उनको जिकिर छ ।
‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,’ उनले भने, ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।’
माओवादी केन्द्रका पूर्व नेता समेत रायमाझीले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको दाबी गरे । ‘संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’ उनले भने ।
नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह लगायत निर्वाचन आयोगमा पुगेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।
पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, रायमाझी, थापा, साह लगायत नेताहरु सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भएपछि एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












