सेन्चुरी बैंकमा सिइओको रहस्यमयी राजिनामाः अब संभावना कस्को ?
काठमाडाैँ । सेन्चुरी बैंकका सिइओ श्री तुलसि राम गौतमले समयावधी छदै राजिनामा दिएछन ।
निजले आफ्नो राजिनामा संचालक समितिलाई दर्ता गराएर दिएकाछन् जब की सिइओले संचालक समितिका अध्यक्षलाई राजिनामा दिने प्रचलन छ । नौ महिना समय बाँकी हुदै अध्यक्षलाई राजिनामा नदिनु र दर्ता गराएर दिनु आफैमा रहस्यमय भएकोले हामीले यस विषयमा जान्ने प्रयास गर्यौ । सिइओ र अध्यक्षको सम्बन्ध अत्यन्त सुमुधुर रहेको बुझियो ।
बैंकको उपल्लो स्रोतबाट आश्चार्यजनक जानकारी प्राप्त भएको छ । बैंक श्रोत अनुसार “वाहाँलाई एम एम रेमिटबाट रेमिटेन्स रकम करिव छ लाख डलर नआएको मुख्य कारण थाहा थियो र त्यसमा संलग्न व्यक्ति को को भन्ने गोप्य रहस्य थाहा थियो” । सायद कुरा लुकाएर राख्दा आफु पनि फसिएला भन्ने डरले गत पौष मसान्त देखी नै वाहाँ राजिनामा दिने मनस्थितीमा हुनुहुन्थ्यो ।
उक्त रेमिटेन्स रकमको हुनामिना सिआईबिले समित सिइओलाई समेत केरकार गरेको थाहा भएको छ । र सो हिनामिना साविकको सञ्चालक समिती समेत संलग्न रहेको केही संचालकलाई आभाष भएको छ । हाल बैंकको अवस्था अत्यन्त मजबुत रहेको र खराब कर्जाहरु सबैलाई प्रोभिजन९व्यवस्था०गरिएसकेको हुँदा नाफा कम भएको देखिन्छ जसले बैंकको आन्तरिक राजनितीलाई चिर्दै व्यापार गर्न सकोस ।
नयाँ सिइओ बन्ने दौडमा श्री कुमार लम्साल,श्री शिवनाथ पाण्डे र त्यसै बैंकका डेपुटी सिइओ मनोज न्यौपानेले पहल गरिरहेको बुझिएको छ ।
कुमार लम्साल तत्कालिन सानिमा विकास बैंक र जनता बैंकको सिइओ भई सकेका छन भने पाण्डे राष्ट्र बैंकका भुतपुर्व कर्मचारी तथा सुर्य लाइफ इन्सुरेन्समा सिइओ थिइ । नाम नलेख्ने शर्तमा एक जना पुराना संचालकले भने लम्साल जी र पाण्डे जी दुवै असल व्यक्तित्व हुनुहुन्छ । तर वाहाँहरुले पहल गरेको विषयमा मलाई थाहा भएन । जाहाँ सम्म मनोज जीको कुरा छ वाहाँ आन्तरिक राजनितीमा अत्यन्त व्यस्त हुने व्यक्तित्व हो । सिइओ त कुशल व्यवस्थापक पो हुनुपर्छ न की राजनितीज्ञ । सिइओ भन्दा डेपुटी सिइओले संस्थामा धेरै काम गर्न सक्छ तर वाहाँ त सिइओलाई असहयोग गरेर आफु कसरी कसरी आफु सिइओ बन्ने भन्ने दौडमा हुनुहुन्थ्यो मनोज न्यौपाने डिसिइओ नै हुन नपर्ने र निजको बेला भई नसकेको र काँचै रहेको जानकारी दिए ।
अव सिइओको सम्भावना हेर्दा नाम चलेका सिइओ कोही आउन नसक्ने देखिन्छ । फेरी हिजो गलत कार्य गरेका संचालकहरुको कच्चा चिठ्टा खुल्ने डर र त्रासले राम्रा व्यक्ति सिइओमा प्रवौश नगर्न दिने सम्भावना समित उत्तिकै छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












