प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रभावित पार्ने गरी सहमति नगर्ने नेपालको अडान
काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले फैसलाका क्रममा रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् ।
सिंहदरबारमा कार्यदलस्तरीय बैठकअघि भेट्न आएका आफू पक्षीय कार्यदल सदस्यसँग नेपालले यस्तो धारणा राखेका हुन् ।
कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर गर्ने कोसिस भइरहेका बेला नेता नेपालले अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा भने सहमति हुन सक्ने जनाउ दिएका छन् । नेता नेपालले कार्यदलले तयार पारेको मस्यौदामा अदालतलाई प्रभाव नपार्ने भाषा राखेर परिमार्जनको खाँचो रहेको समेत बताएका छन् ।
‘अदालतको मुद्दालाई तलमाथि पार्ने गरी हतारमा सहमति गर्नुपर्ने कुनै कारण छैन । तपाईंहरूले कोसिस गर्नुभएको छ । मस्यौदामा केही समस्या छन् । थप परिमार्जन गर्नुस्,’ कार्यदल सदस्यलाई नेपालले दिएको निर्देशन उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै एमाले एक रहेको सन्देश दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको योजना छ । तर, नेपालनिकट एक नेताका अनुसार उनले अदालतलाई प्रभावित बनाउने गरी सहमति र रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने आफ्नो बटमलाइन रहेको बताएका छन् ।
शनिबार राति स्थायी कमिटी सदस्यहरूसँगको छलफलमा समेत नेता नेपालले बटमलाइन सुनाएको ती नेताले बताए । यसैबीच नेता नेपाललाई निकट केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी सदस्यहरुबीच छलफलबाट परामर्श लिएर निर्णय लिन सुझाव दिएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












