ओलीले स्थायी कमिटी बैठक रोक्न मानेनन्, बैठक स्थलबाट बाहिरिए माधव समूहका नेता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए। नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए।
नेपाल समूहले बहिष्कार गरेको एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति अनुमोदन गराउने तयारी
रावलले बैठकमा आफूलाई एमालेको उपाध्यक्षका रुपमा बोल्न दिन आग्रह गरेका थिए। उनको आग्रहपछि ओलीले बैठकमा बोल्न दिएका थिए। रावलले बैठक रोक्न आग्रह गरे पनि ओलीले भने बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए।
‘बैठक रोक्नका लागि हामीले अध्यक्षलाई आग्रह गर्यौं तर उहाँले विषयबस्त अघि बढाउन भन्नुभयो,’ उनले भने।
ओलीले बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेताहरु भने बाहिरिएका छन्।
आजको बैठकमा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी छ। १० बुँदे सहमतिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्।
आजै ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बानेश्वरस्थित संघीय संसद्को लोत्से हलमा बोलाएको बैठकमा एमालेको अब प्रतिनिधि सभामा कस्तो रणनीति बनाउने भन्नेबारेमा छलफल हुने बताइएको छ। नेपाल समूहले संसदीय दलको बैठक पनि बहिष्कार गर्ने घोषणा गरेका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












