माधव कमरेड वेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट देखियोः प्रवक्ता ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको ताएका छन् ।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकपछि ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू एक्लैले भएपनि विश्वासको मत दिने बताएर नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको बताएका हुन् ।
‘आज पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थियौं । उहाँले एक्लैले भएपनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनु भएका साथीहरुले त्यो उचित नहुने र जे कुरा गर्दा पनि संस्थागत निर्णयबाट गर्न पर्ने कुरा राख्नुभयो,’ ज्ञवालीले भने, ‘तर उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसिकिने बताउनुभयो । त्यसको तात्पर्य उहाँले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन भन्ने देखिायो । माधव कमरेड वेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट देखियो । ’
त्यो निर्णयबाट फर्काउन नेपालको टिममा रहेका नेताहरुले प्रयत्न गरिरहेको पनि ज्ञवालीले बताए ।
‘उहाँको टिममा रहेका साथीहरुले पनि प्रयत्न गरिरहनुभएको छ । हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने । तर दस बुँदे पछि अब संस्थागत निर्णय हुनुपर्छ भनेका छौं । कार्यदलतहमा देउवालाई विश्वासको मत दिन दिने विषयमा हाम्रो समहमति भएको हैन । यो कुरामा जान सकिँदैन भनेर साथीहरुले भन्नुभयो । उहाँहरुले प्रयास गरिरहनुभएको छ । कुनै परिणाम आयो भने बेग्लै कुरा अन्यथा माधव नेपाल एउटा निष्कर्षमा पुग्नुभएको हाम्रो बुझाइ छ,’ ज्ञवालीले भने ।
बैठकले सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौं कि हामी प्रतिपक्षमा रहन्छौं । सरकारलाई समर्थन गर्न सक्दैनौं । सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौं,’ ज्ञवालीले भने, ‘यहि कुरा पार्टीका सांसद र सम्भव भएका अरु दललाई पनि आग्रह गर्ने निर्णय गरेका छौं ।’
प्रवक्ता ज्ञवालीले पार्टी निर्णयभन्दा बाहिर गएर देउवाको पक्षमा विश्वासको मत कसैले दिए उनीहरु एमालेमा नरहने बताए । ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न,’ उनले भने ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












