स्वेच्छाचारी र प्रतिगामी कदमका कारण केपी ओली बालुवाटारबाट बार्दलीमा पुगेः गगन थापा
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराए।
‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन्’, थापाले भने, ‘यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन। सरकार यो संसदसँग डराउनुपर्छ। संसद सरकारसँग डराउने होइन। सरकारलाई संसदले खबरदारी गरिरहनुपर्छ।’
अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको पनि परीक्षणको समय रहेको उनले बताए। ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुख पनि हुँदैछ’, उनले भने, ‘सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ। सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस्।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












