सर्वोत्तम सिमेन्ट प्रकरणमा एफएनसिसिआई- ‘चन्द्र ढकाल बोर्डमा जानु २ महिना अघि कै कारोबार’
काठमाडौं। सर्वोत्तम सिमेन्टको प्रमोटर शेयर खरिदमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम नजोड्न महासंघले आग्रह गरेको छ।
यस प्रकरणमा वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडिएकोमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा संचालक रहने व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाएको महासंघले स्पष्ट पारेको छ।
यसका साथै महासंघले धितोपत्र बोर्डको प्रतिनिधका रुपमा ढकाललाई गत मंसिर ३० मा तोकेको र गत पुषको ११ गतेदेखि मात्र बोर्डको बैठकमा उपस्थित रहेको जानकारी गराएको छ।
वरिष्ठ उपाध्यक्ष ढकालका भाई हेमराज ढकालले सर्वोत्तम सिमेन्टको शेयर कारोबार गर्दा ढकाल धितोपत्र बोर्डमा प्रतिनिधिका रुपमा गै नसकेको पनि महासंघले स्पष्ट पारेको छ।
वरिष्ठ उपाध्यक्ष ढकाल बोर्डमा संचालकका रुपमा गएको दुई महिना अघि नै हेमराज ढकालले सर्वोत्तम सिमेन्टको शेयर कारोबार गरेको भन्दै महासंघले ढकाललाई यस कारोबारमा जोड्नुलाई उनको प्रतिष्ठामा गम्भीर आँच पुगेको प्रतिक्रिया समेत दिएको छ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












