भूमि बाँड्दैमा सुकुम्बासी समस्या समाधान हुँदैन, जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ : बामदेव गौतम
काठमाडाैँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले वैज्ञानिक भूमिसुधार लागू नभएसम्म सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान नहुने बताएका छन् ।
२०५१ सालदेखि हालसम्म बनेका आयोगले समस्या समाधान गर्न नसकेको भन्दै उनले सुकुम्बासीहरूको समस्या समाधानका लागि जमिनमाथिको व्यक्तिगत स्वामित्वको स्थिति अन्त्य हुनुपर्ने बताए ।
‘सरकारले चलनचल्तीको मूल्यमा किनेर व्यक्तिको जग्गा आफ्नो नाममा बनाओस् अनि उपयोगको नीति बनाएर अघि बढौँ । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।
सुकुम्बासीहरूलाई ५ कठ्ठाका दरले जमिन दिनका निम्ति वन फँडानीको विकल्प नभएको भन्दै उनले जग्गा वितरणले समस्याको समाधान नगर्ने बताए । ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ । हामी त्यस दिशामा अघि बढेनौँ । जसरी पनि जग्गा नै बाँड्नेतर्फ लाग्यौँ । ५१ सालदेखि हालसम्म कैयौँलाई जग्गा बाँडियो तर सुकुम्बासी बढेका बढ्यै छन् । सुकुम्बासी बढ्नुको कारण खोजौँ,’ उनले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












