प्रचण्डलाई ओलीको जवाफ- आगो लगाउने धम्की नदिए हुन्छ, पानी खन्याइदिन्छौं
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक महिनाको समय खेर फालेको बताएका छन् ।
अबको १४-१५ महिना सरकारले बधाइ र शुभकामना लिएरै व्यतित गर्ने उनले भविष्यवाणी गरे ।
प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले वर्तमान सरकारप्रति तीव्र कटाक्ष गरेका थिए ।
ओलीले भने, ‘एक महिनाको समय त खेर गयो । बहुत राम्रो गठजोड छ तपाईंहरूको । चारजना मन्त्री लिएर हिँड्नुभएको छ । सबै मन्त्रालय आफूसँग राख्नुभएको छ । मन्त्रालय दिनभर घुमेर पनि भ्याउनुहुन्न । अब १४-१५ महिना शुभकामना र बधाई थाप्दैमा जान्छ तपाईंहरूको ।’
उनले थपे, ‘भोटोको फेर समातेर आँगनमा नाच्दानाच्दै जानेभयो तपाईंहरुको समय । माया लाग्छ । चिन्ता त्यो कुरामा हो ।’
ओलीले प्रचण्डलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् । प्रचण्डले आफूलाई संसदमा उभिएर आफूलाई ‘आगो’ को संज्ञा दिएकोमा ओलीले कडा जवाफ दिए ।
उनले भने, ‘सरकार परिवर्तन हुनेवित्तिकै, अर्को सरकार बन्नेवित्तिकै सत्तापक्षका नेताहरूले यसै रोष्ट्रमबाट भन्नुभयो- होसियार, म आगो हुँ, मसँग नखेल.. नत्र… भन्नुभयो । उहाँ आगो हो, डढेलो लगाउनुहुन्छ । यस्तो डढेलो निभाउन हामीलाई नि आउँछ । पानी खन्याउनुपर्छ पानी ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












