बुढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच छलफल हुँदै
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच छलफल हुँदैछ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो ।
बुधबार देउवाको निजी निवास बुढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
भदौ १६–१९ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् । देउवाको प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला सकारात्मक छन् ।
सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठक अघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरुबीच छलफल हुन लागेको देउवानिकट एक नेताले बताए ।
सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग महाधिवेशनबारे छलफल गरेका थिए । केन्द्रीय सदस्य रिजालले केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे शीर्ष तहमा सहमति जुटाउन देउवालाई आग्रह गरेका थिए ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउन देउवा, पौडेल र सिटौलालाई जिम्मा दिइएको थियो । तर नेताहरुबीच मापदण्डमै सहमति नजुट्दा सदस्यता विवाद कायमै छ । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते सभापति देउवालाई प्रतिवेदन बुझाइसकेको छ ।
समितिले विवादित सदस्यता मिलाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई सिफारिस गरेको थियो । पदाधिकारी बैठकले भने शीर्ष नेतालाई विवाद सुल्झाउने जिम्मा दिएको थियो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












