मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।
सामान्यतया व्यवस्थापन समितिले स्वीकृत गरेर पठाएको मौद्रिक नीति बोर्डले आवश्यकता अनुसार केही नीतिगत परिमाजर्न गरेर स्वीकृत गर्ने भएकाले बिहान बस्ने बोर्ड बैठकले स्वीकृत गरेमा गभर्नरले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्योभन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोकेका थिए ।
यही बीचमा सरकारले अर्थसचिव सरुवा गरेपछि नयाँ अर्थसचिव बनेका मधु मरासिनीले गत साता राष्ट्र बैंक सञ्चालकको शपथ लिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले मंगलरबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
कोभिडको तेस्रो लहर आउने विश्लेषणकाबीच राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले आर्थिक पुनरुउत्थानका लागि अघिल्लो मौद्रिक नीतिले दिएको सहुलियतलाई निरन्तरता दिन्छ कि दिँदैन भन्नेमा उद्योगी व्यवसायीको चासो रहेको छ ।
यस्तै बैंकरले पुँजी थप्न पाउनुपर्ने माग गरेकाले माग सम्बोधन हुने कि नहुने भन्नेमा चासो दिएका छन् । हकप्रदकै आसमा सेयर बजारका लगानिकर्ता पनि रहेका छन् ।
यता, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले विलाशिताका वस्तु आयात नियन्त्रण गर्ने पुँजीबजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन निर्देशन दिएको छ ।
यस्तै, कोभिडपछिको आर्थिक पुनरुउत्थानका लागि लचिलो नीति लिनुपर्ने अवस्था छ भने अर्कोतर्फ बढ्दो पेट्रोलियम पदार्थको मूल्यले गर्दा मुद्रास्फीतिमा पर्नसक्ने दबावलाई समेत ख्याल गर्नुपर्ने चुनौती रहेको छ । अर्कोतर्फ आर्थिक पुनरुउत्थानका लागि बैकिङ प्रणालीमा पर्याप्त तरलता, र वित्तीय स्थायित्वसमेत राष्ट्र बैंकको चुनौती रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदै मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा नै सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएको हुँदा यसमा केही परिमार्जन हुन सक्नेछ ।
यी सबै परिस्थितिलाई मध्येनजर गर्दै आगामी मौद्रिक नीति आउने गभर्नरले बताइसकेका छन् । यसैगरी कोभिड प्रभावितलाई दिएको सहुलियत र पुनर्कर्जालाई मौद्रिक नीतिले निरन्तरता दिने बताइएको छ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











