मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।
सामान्यतया व्यवस्थापन समितिले स्वीकृत गरेर पठाएको मौद्रिक नीति बोर्डले आवश्यकता अनुसार केही नीतिगत परिमाजर्न गरेर स्वीकृत गर्ने भएकाले बिहान बस्ने बोर्ड बैठकले स्वीकृत गरेमा गभर्नरले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्योभन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोकेका थिए ।
यही बीचमा सरकारले अर्थसचिव सरुवा गरेपछि नयाँ अर्थसचिव बनेका मधु मरासिनीले गत साता राष्ट्र बैंक सञ्चालकको शपथ लिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले मंगलरबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
कोभिडको तेस्रो लहर आउने विश्लेषणकाबीच राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले आर्थिक पुनरुउत्थानका लागि अघिल्लो मौद्रिक नीतिले दिएको सहुलियतलाई निरन्तरता दिन्छ कि दिँदैन भन्नेमा उद्योगी व्यवसायीको चासो रहेको छ ।
यस्तै बैंकरले पुँजी थप्न पाउनुपर्ने माग गरेकाले माग सम्बोधन हुने कि नहुने भन्नेमा चासो दिएका छन् । हकप्रदकै आसमा सेयर बजारका लगानिकर्ता पनि रहेका छन् ।
यता, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले विलाशिताका वस्तु आयात नियन्त्रण गर्ने पुँजीबजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन निर्देशन दिएको छ ।
यस्तै, कोभिडपछिको आर्थिक पुनरुउत्थानका लागि लचिलो नीति लिनुपर्ने अवस्था छ भने अर्कोतर्फ बढ्दो पेट्रोलियम पदार्थको मूल्यले गर्दा मुद्रास्फीतिमा पर्नसक्ने दबावलाई समेत ख्याल गर्नुपर्ने चुनौती रहेको छ । अर्कोतर्फ आर्थिक पुनरुउत्थानका लागि बैकिङ प्रणालीमा पर्याप्त तरलता, र वित्तीय स्थायित्वसमेत राष्ट्र बैंकको चुनौती रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदै मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा नै सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएको हुँदा यसमा केही परिमार्जन हुन सक्नेछ ।
यी सबै परिस्थितिलाई मध्येनजर गर्दै आगामी मौद्रिक नीति आउने गभर्नरले बताइसकेका छन् । यसैगरी कोभिड प्रभावितलाई दिएको सहुलियत र पुनर्कर्जालाई मौद्रिक नीतिले निरन्तरता दिने बताइएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












