माधव नेपालले जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्दै
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्ने भएका छन्।
एमाले पार्टी विभाजनकाे अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसाे पाैने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्न लागेका हुन्।
एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणकाे तयारीमा छन्।
नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरुलाई त्यसबारे औपचारिक सम्बाेधन गर्न लागेका हुन्।
माधव नेपालकाे आग्रहमा पार्टी विभाजनका लागि सजिलाे हुने गरी अध्यादेश ल्याउन सरकार तयार छ।
अहिले राजनीतिक दल विभाजनका लागि पार्टी केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०/४० प्रतिशन हिस्सा चाहिने प्रावधान छ।
याे संख्या नपुगेर माधव समूह संकटमा परेका बेला खुकुलाे प्रावधानसहित अध्यादेश ल्याउने तयारी भैरहेकाेहाे।
नेता नेपालले भन्नेबित्तिकै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीस्वरुप सरकारले संघीय संसदका दुवै सदनकाे अधिवेशन साेमबार रातिदेखि लागू हुने गरी अन्त्य गरिसकेकाे छ।
एमाले विभाजनका लागि अध्यादेश ल्याउने तयारी भएसँगै अध्यक्ष ओलीले साेमबार राति नै एकताका लागि वक्तव्य निकालेर आह्वान गरेका छन्।
उनले यस सम्बन्धमा छलफलका लागि आज स्थायी कमिटी र संसदीय दलकाे बैठक पनि बाेलाएका छन्।
तर अब ओलीसँग मिल्न सकिने सम्भावना समाप्त भैसकेकाे माधव समूहका नेताहरुले बताउँदै आएका छन्।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












