१४ सांसद पदमुक्तिको सूचना तत्काल टाँस्न एमालेको दबाब, सभामुखले भने- म बुझेर प्रक्रियामा लैजान्छु
काठमाडौं । नेकपा एमालेले आफूहरुले १४ सांसदलाई दल त्यागको कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
दलको ह्वीप उल्लंघन गर्ने सांसदलाई सम्बन्धित दलले दल त्यागको कारबाही गरेर संसद सचिवालयमा जानकारी गराएमा सभामुखले त्यस्तो सूचना संसद बैठकमा पढेर सुनाएपछि वा सूचना टाँस गरेपछि ती सांसद पदमुक्त हुने कानूनी व्यवस्था छ ।
तर एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्यागको कारबाही गरेर भदौ १ गते नै जानकारी गराइसकेपनि सभामुखले अहिलेसम्म किन सूचना प्रकाशन नगरेको भनी प्रश्न गरेको छ ।
आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दल त्यागको कारबाही गरेको सूचना संसदमा दिएको थियो ।
‘सो निवेदन संसद सचिवालयमा भदौ १ गते दिउँसो ४ बजेर २० मिनेटमा दर्ता भएको थियो, आज ७२ घण्टा पुग्न लागेको स्थिति छ,’ प्रमुख सचेतक भट्टराईले बताए ।
सभामुखले यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दलले कारबाहीको सूचना दिएको २४ घण्टा नबित्दै र तत्कालीन माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गैरीशंकर चौधरीलाई कारबाहीको सूचना दिएको ७२ घण्टाभित्रै सूचना प्रकाशित गरेको भट्टराईले बताए ।
एमाले नेताहरुले आफूहरुले दिएको निवेदनमा भने किन निर्णयमा ढिलाइ भएको भनी प्रश्न गरेका छन् । उनीहरुले सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।
‘सभामुखलाई निर्वाचन आयोगबाट दल दर्ता स्वीकृत होस् भन्ने कुनै छुट छैन,’ उनले भने, ‘यो दलीय व्यवस्था हो । दलले निष्कासन गरेपछि स्वतः कार्यान्वयनमा जाने हो, यसमा सभामुखले त खाली सूचना टाँस्ने मात्र हो ।’
प्रमुख सचेतक भट्टराईले अघि भने, ‘सूचना टाँस्ने कामलाई पनि लिंगरिङ गरेर यदि एमाले विभाजित होस् त्यसलाई म मलजल गर्छु, सहयोग र्छु भन्ने हो भने नेकपा एमाले कुनै पनि हालतमा चुप लागेर बस्दैन ।’
सभामुख सापकोटाले आफूले यो विषय छिटो टुंग्याउने आश्वासन दिएको पनि भट्टराईले बताए
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












