चन्द्रागिरि केवलकार सञ्चालनमा
'हामी पुर्ण रुपमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै सुरक्षित र मर्यादित तवरले सञ्चालन गरेका छाैँ': महाप्रबन्धक शाह
काठमाडाैँ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसके पनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’उनले भने।
१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन्। थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ। गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो। काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ।
मन्दिरको अलावा तीन तले भ्यू टावरसमेत बनाइएको छ। चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि ७०० रूपैयाँ लाग्छ। चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन्।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...











