एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार
काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियमा २० प्रतिशत पुग्न नदिने रणनीतिअनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयाेगमा पठाएका थिए।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो।
तर, आयोगले पार्टी ०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसलाअनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता नदिने भएको निर्वाचन आयोगले जनाएको छ।
नेता नेपाल समूहले नयाँ पार्टीको लागि आयोगमा दिएको निवेदनमा ५८ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेका छन् भने ओलीको पक्षमा ८८ जना मात्रै देखिएका छन्।
सरकारले दल विभाजन गर्न मिल्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्। आयोगले सनाखतको लागि बुधबार बोलाएको छ। अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशत मात्रै संख्या भए नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाउँछ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












