वाइसिएल नेपालको राष्ट्रिय भेला भर्चुअल विधिबाट, अध्यक्षका मुख्य दाबेदार सेर्पाली
काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ ।
भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।
वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् ।
हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु यशोदा न्यौपाने, सुमन देवकोटा (अब्दुल), सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् । यी चारमध्ये रुकुम पूर्वका सुवोधराज सेर्पाली बलियो दाबेदारको रुपमा देखिएका छन् ।
तर, सेर्पाली भने संगठनको नेतृत्व आफूले पाउनुपर्नेमा ढुक्क देखिन्छन् । १४ वर्षको उमेरमा माओवादी जनयुद्धमा बन्दुक बोक्न पुगेका उनी संगठनमा उनको क्रेज तथा आम युवा नेताहरुले उनलाई सहर्ष स्विकार गर्ने कारण पनि उनी वाईसीएलको अध्यक्ष दाबी प्रस्तुत गर्दै आएको जनाइन्छ ।
सेर्पाली संगठनको जिल्ला , तत्कालीन मगरात राज्य,केन्द्रीय कोषाध्यक्ष महासचिवको जिम्मेवारी पूरा गरेका माओवादी केन्द्र लुम्बिनी प्रदेशको सदस्य समेत हुन ।
वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।
ओलीका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् ।
काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होस्ट काठमाडौंमा हुनेछ । काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् । यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।
भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












