ओलीसँग मिलेर जान सकिँदैन भन्ने थाहा थियो, तर पनि एकता गर्नुपर्यो : लिलामणि पोखरेल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपा (एमाले) सँग लामो समय मिलेर बस्न सकिँदैन भन्ने थाहा हुँदाहुँदै पार्टी एकता गर्नुपरेको बताएका छन् ।
एमालेसँगको एकता दीर्घकालीन सोचले नभइ रणनीतिक योजना अन्तर्गत भएको उनको भनाइ थियो ।
बिहीबार भक्तपुरमा भएको एक कार्यक्रममा पोखरेलले एमालेसँगको एकता अल्पकालीन सम्झौता भएको उल्लेख गरे ।
केपी ओली यथास्थितिवादी र प्रतिगामी भएको थाहा हुँदाहुँदै उनी नै एमालेका अध्यक्ष भएको र उनीबिनाको एकता सम्भव नभएकाले ओलीलाई नेता मान्नुपरेको पोखरेलको प्रष्टोक्ति थियो ।
‘ओलीसँग लामो समय सँगै जान सकिँदैन भन्ने थाहा थियो,’ उनले भने, ‘परिवर्तनको रक्षा र संविधानको कार्वान्वयन गर्न एमालेभित्रका क्रान्तिकारीहरूको साथको आवश्यकताले पार्टी एकता अपरिहार्य थियो ।’ ओलीको प्रवृत्तिका बारेमा एमालेका नेता-कार्यकर्तालाई बुझाउनका लागि पनि पार्टी एकता गर्नुपरेको उनले बताए ।
सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको पोखरेलले बचाउ गरे । एमाले फुटाउनका लागि नभइ ओलीको प्रतिगमन र निरंकुशताबाट देशलाई बचाउन र संविधानको रक्षा गर्न अध्यादेश ल्याइएको उनको जिकिर थियो ।
‘हतियारले अर्कालाई हान्दै हिँडे त्यो नाशक हुन्छ । आत्मसुरक्षाको लागि प्रयोग गरे त्यो रक्षक बन्छ,’ पोखरेलले भने, ‘अहिलेको अध्यादेश नाशक होइन, रक्षक हो ।’ एमसीसीबारे आफूहरूको अडान यथावत रहेको भन्दै पोखरेलले देशलाई घात हुनेगरी पास हुन नदिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरू दिलिप प्रजापति, डीपी ढकाल, कृष्णलाल गोजा, विजय श्रेष्ठलगायतको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












