उमेरहदका कारण वाईसीएलबाट स्वतः विदाईमा परेकाबाटै भेला लम्बेतान
काठमाडाैं । लामो विवादपछि नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वाईसीएलको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो ।
यस्तै, वाईसीएलको जारी भेला भोलिसम्म लम्बिने भएको छ । भोलि ११ बजेदेखि भेला सुरु हुने वाईसीएल नेपालका एक नेताले जनाए ।
वाईसीएलको विधानमा ४० वर्षे उमेरहदका कारण स्वतः विदाईमा परेका अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले संगठनमा तितरबितर पारेर आफू अनुकुल नेतृत्व चयनमा जुटेपछि वाईसीएलको नेतृत्व चयन लम्बेतान परेको हो ।
तर, गण्डकी र कर्णाली प्रदेशले केन्द्रीय समितिमा नाम पठाउन नसकेपछि भेला भोलिसम्मका भेला लागि स्थगित गरिएको जनाइएको छ । तर, मुल विवाद नेतृत्वच चयनमा परेपछि भेला लम्बिएको हो ।
वाईसीएलको अध्यक्षमा महासचिव सुबोधराज सेर्पाली, उपाध्यक्षद्वय सुमन देवकोटा ‘अब्दुल र यशोधा न्यापानेको दाबेदारी रहेको छ भने महासचिवमा सचिवद्वय ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ गणेश शाही, मिङ्माडण्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’को दाबेदारी रहेको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












