अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरोधी षडयन्त्रको अखडा ? : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को आगामी अधिवेशनको पहिलो दिन भदौ २३ गते प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबारे गम्भीर प्रश्न उठाउने बताएका छन् ।
एमालेविरुद्धको गठबन्धनको सहयोगीको भूमिकामा सभामुख सापकोटा लागेको भन्दै प्रमुख प्रतिपक्षले प्रश्न उठाउने ओलीले बताएका हुन् ।
युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने, ‘पर्सि संसद् सुरु हुँदैछ । हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता हो ? गठबन्धनको मतियार हो ? एमालेविरुद्ध जालीझेली, साँठगाँठ गर्ने मोहरा हो ? त्यो सोध्नुपर्ने छ ।’
प्रमुख प्रतिपक्ष एमालेको विरुद्धमा सभामुख सापकोटा हिस्सेदार भएको भन्दै त्यसका बारेमा प्रश्न उठ्ने ओलीले बताएका हुन् । ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउने षडयन्त्रमा सरिक हुने, सामेल हुने, षडयन्त्रको हिस्सेदार, भागीदार हुने, एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन,’ उनले थपे, ‘त्यो नभएपछि सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनैपर्ने हुन्छ । अग्निसप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो ? एमालेविरोधी हो कि एमालेविरुद्धको षडयन्त्रको अखडा हो ?’
प्रतिनिधिसभा पुनःस्थापना भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले दिएको अभिव्यक्तिप्रति पनि एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गरे । सभामुख सापकोटाले प्रमुख प्रतिपक्षविरुद्ध हमला बोलेको ओलीको भनाइ थियो ।
‘संसद् सुरु हुन्छ अनि सभामुखको आसनबाट यो अधिनायकको पराजय हो भन्छ, संसद् पुनःस्थापनापछि । त्यसप्रकारको भाषा बोलिन्छ ? प्रमुख प्रतिपक्षविरुद्ध त्यस्तो हमला बोलिन्छ ?,’ ओलीले प्रश्न गरे ।
सापकोटालाई सभामुखको पदका लागि चाहिने मूल्य, मान्यता र महत्त्व थाहा नभएको ओलीको आरोप थियो ।
माधवकुमार नेपालसहित १४ जना सांसदलाई एमालेले कारबाही गरेको अवस्थामा सभामुखले सूचना टाँस्ने काम नगरी विचाराधीन राखेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












