अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरोधी षडयन्त्रको अखडा ? : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को आगामी अधिवेशनको पहिलो दिन भदौ २३ गते प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबारे गम्भीर प्रश्न उठाउने बताएका छन् ।
एमालेविरुद्धको गठबन्धनको सहयोगीको भूमिकामा सभामुख सापकोटा लागेको भन्दै प्रमुख प्रतिपक्षले प्रश्न उठाउने ओलीले बताएका हुन् ।
युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने, ‘पर्सि संसद् सुरु हुँदैछ । हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता हो ? गठबन्धनको मतियार हो ? एमालेविरुद्ध जालीझेली, साँठगाँठ गर्ने मोहरा हो ? त्यो सोध्नुपर्ने छ ।’
प्रमुख प्रतिपक्ष एमालेको विरुद्धमा सभामुख सापकोटा हिस्सेदार भएको भन्दै त्यसका बारेमा प्रश्न उठ्ने ओलीले बताएका हुन् । ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउने षडयन्त्रमा सरिक हुने, सामेल हुने, षडयन्त्रको हिस्सेदार, भागीदार हुने, एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन,’ उनले थपे, ‘त्यो नभएपछि सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनैपर्ने हुन्छ । अग्निसप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो ? एमालेविरोधी हो कि एमालेविरुद्धको षडयन्त्रको अखडा हो ?’
प्रतिनिधिसभा पुनःस्थापना भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले दिएको अभिव्यक्तिप्रति पनि एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गरे । सभामुख सापकोटाले प्रमुख प्रतिपक्षविरुद्ध हमला बोलेको ओलीको भनाइ थियो ।
‘संसद् सुरु हुन्छ अनि सभामुखको आसनबाट यो अधिनायकको पराजय हो भन्छ, संसद् पुनःस्थापनापछि । त्यसप्रकारको भाषा बोलिन्छ ? प्रमुख प्रतिपक्षविरुद्ध त्यस्तो हमला बोलिन्छ ?,’ ओलीले प्रश्न गरे ।
सापकोटालाई सभामुखको पदका लागि चाहिने मूल्य, मान्यता र महत्त्व थाहा नभएको ओलीको आरोप थियो ।
माधवकुमार नेपालसहित १४ जना सांसदलाई एमालेले कारबाही गरेको अवस्थामा सभामुखले सूचना टाँस्ने काम नगरी विचाराधीन राखेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












