पौडेलले देउवालाई भने– ‘पार्टीको चुनावमा राज्यको शक्ति प्रयोग नहोस्’
काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीको महाधिवेशनमा राज्यको साधन–शक्ति प्रयोग नगर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
पौडेलसहितका नेताहरूले शुक्रबार बिहान सभापति देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
‘पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् भनेर आग्रह गर्यौँ,’ पौडेलले भने । उनले पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको बताए । ‘हामीले पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् भनेका छौँ । साथै पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ,’ पौडेलले भने ।
भेटमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल र जीवन परियारलगायत सहभागी थिए ।क्रियाशील सदस्यताको विवाद समाधान र बाँकी जिल्लाको वडासहित अन्य तहको अधिवेशनको प्रक्रियाका विषयमा समेत नेताहरूबीच छलफल भएको छ । १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन ५५ जिल्लामा मात्रै प्रक्रियामा छ ।
कतिपय जिल्लामा अझै सकिएको छैन भने । देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विवरण सार्वजनिक भए पनि विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । त्यसबाहेक प्रदेश २ का सबैसहित २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलेको छैन । भदौ २७ गते पालिका तहको अधिवेशन गर्ने अर्को कार्यतालिका छ । पौडेल समूहले सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैपटक गर्नुपर्ने माग गरेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












