अखिल (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
स्थायी कमिटीको शनिबार बसेको बैठकले अध्यक्षका सम्भावित दाबेदारहरूका नाममाथि छलफल गरेको र अध्यक्ष चयन गर्ने जिम्मा दाहाललाई दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले अध्यक्ष प्रचण्डले शनिबार नै क्रान्तिकारीको अध्यक्ष चयन गर्ने पनि जानकारी दिए ।
‘अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको छ । उहाँले आजै निर्णय गर्नुहुन्छ,’ महराले भने, ‘अहिलेका उपाध्यक्षहरूदेखि लिएर सबै अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको छ । सबै समान क्षमता राख्छन् र कसलाई चयन गर्ने भन्ने जिम्मा अध्यक्षलाई दिइएको छ ।’
अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी रहेको छ । बिहीबारदेखि जारी अधिवेशन शनिबार सकिने कार्यक्रम छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












