गुटको नेता को हो थाहा भएन, हाम्रो नेता तिलकराज हो भन्दै विद्यार्थी सम्मेलनमै बहस
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा प्रचण्डलाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ ।
बन्द सत्र चलिरहेपनि नेतृत्व पार्टीले टुंग्याउने भएपछि हलका अधिकांश प्रतिनिधिहरुको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको राष्ट्रिय सम्मेलन प्रतिनिधि विकास खड्काले जनाए ।
`अहिले हलका सबै कमरेडहरुले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । आम रुपमा विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठक तिलकराज भण्डारी नै हाम्रो नेता हो भन्ने विषय जबर्जस्त उठ्न थालेको छ´, खड्काले भने ।
`अखिल क्रान्तिकारी भित्रपनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।
सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।
`हामीलाई गुट अस्वीकार्य छ । इतिहासमा योगदान सबैले दिएका छन् । तर, त्यो योगदानलाई गुटको पगरी भिराएपछि समर्थन गर्न सकिन्न । त्यसैले गुटको नेता जोसुकै भएपनि आम संघर्षशील, पार्टी, नीति र नेतृत्वप्रति प्रतिबद्ध कार्यकर्ताहरुको नेता तिलकराज भण्डारी हो । तिलकले कहिल्यै गुटको आशीर्वाद लिन चाहेनन् । उनी जहिल्यै पनि नीति र नेतृत्वप्रति वफादार बने । कसैको छाता ओढ्न खोजेनन् । यही प्रवृत्तिले मात्रै अखिल क्रान्तिकारीलाई साँच्चिकै क्रान्तिकारी, प्रचण्डले भनेझै समाजवादी क्रान्तिको अग्रदस्ता र जनताका छोराछोरीको संगठन वनाउन सक्छ । गुटमा रमाउनेहरुले इतिहास रच्दैनन्´, एक अर्का नेताले भने ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











