गोर्खा ब्रुअरीको बदमासी : इजाजत डेनिस गुणस्तरको बनाउने, उत्पादन ‘लोकल कनिका रक्सी’
बियरमा नेपाली र भारतीय कनिका बढी प्रयोग गरेको पाइएपछि प्रतिलिटर अन्तःशुल्क १६५ बाट बढाएर ४३० रुपैयाँ पुर्याइयो
काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले नेपालमा डेनिस प्रविधि अपनाएर डेनमार्ककै गुणस्तर अनुसार बियर उत्पादन गरेर नेपाली जनतालाई बेच्छु भनेर उत्पादन अनुमति लिएको थिए । ब्रुअरी डेनिस कम्पनीसँगको सहकार्यमा नेपालमा स्थापना भएको कम्पनी हो । त्यसैले त गोर्खा ब्रुअरीले उत्पादन गर्ने एक बोत्तल बियर बेच्दा एक सय रुपैयाँ डेनमार्क जान्छ ।
तर, कम्पनीले डेनिस प्रविधि भनेर नेपाली जनतालाई नेपाली र भारतीय काम नलाग्ने कनिका र पानी मिसिएको बियर बेचेको पाइएको छ । मापदण्डविपरीत उत्पादन गरेको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही गरेको छ । उत्पादन अनुमति पत्र लिंदा उल्लेख गरे अनुसार बियरमा जौको मात्रा बढी हो तर कनिकाको मात्रा बढी देखिएपछि आन्तरिक राजस्व विभागले कारबाहीस्वरुप अन्तःशुल्कको मूल्यमा बढोत्तरी गरेको छ । कम्पनीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गरेर बियर उत्पादन गरेपछि मूल्य बढाएर चेतावनी दिएको हो ।
ब्रुअरीका उत्पादन (काल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर) उत्पादन गर्छ । विभागले अनुसन्धान गर्दा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिकाको मात्रा धेरै भेटिएपछि वर्गीकरणमार्फत ‘लोकल रक्सी’ को सूचीमा राखिएको विभागले जानकारी दिएको छ । नेपालीले डेनिस कम्पनीको स्वाद भनेर नेपाली र भारतीय काम नलाग्ने कनिका र पानी महंगो मूल्य तिरेर खाइरहेका छन् ।
ब्रुअरीमा खेतान समूह र डेनिस कम्पनीको लगानी छ । पहिला सुरुमा खेतान समूहको ५० र डेनिस कम्पनीको ५० प्रतिशत लगानी थियो । पछि फेरि खेतान ग्रुपले नेपाली पैसा विदेश निकासी गर्न ९०% शेयर डेनमार्कलाई विक्रि गरी पुनः आफै ५०% शेयर खेतान ग्रुपले किनेको छ । खेतान ग्रुपले शेयर किनबेच गरे वाफत सरकारलाई बुझाउनु पर्ने करोडा लाभकर समेत सरकारलाई नबुझाएको समेत खुलेको छ । खेतान समूहका साहु राजेन्द्र खेतान हुन् । अहिले कम्पनीका मालिक राजेन्द्र र सिपी खेतान हाल सिंगापुरमा बस्दै आएका छन । नेपालमा गुणस्तरहिन कनिका वियर बेचेर कमाएको अबैध रुपमा विदेशमा लगानी गर्दै आएका छ । उनले भारतमा मात्र ७ ओटा वियर कम्पनि खोलेका छन । तर, त्यहाँको पनि राजश्व नबुझाएको पाइएको छ ।
विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेकाले कारबाही गर्न विभागलाई दबाब परिरहेको छ । अहिले विभागले ब्रुअरीका उत्पादनलाई बजारमा पठाउन रोक लगाएको थियो । मापडण्डविपरित बनेको र यसले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने देखिएपछी विभागले अहिले दिएको वियरको मान्यतासमेत खारेज गरिदिएको छ ।
गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको थियो । मापदण्डमा कडाइ गर्दै विभागले कारबाहीस्वरुप बियरको अन्तःशुल्क अनुसार होइन अन्यसरहको अन्तःशुल्क तिर्न निर्देशन दिएको छ । निर्देशन दिएको केही दिनसम्म गुणस्तरअनुरुप बनाए । तर, फेरि राजनीतिक अस्थिरताको मौका छोपी पुरानै अवस्थामा फर्काएका छन् ।
ब्रुअरीको बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ रुपैयाँ छ । तर, कनिका बढी हालेका कारण विभागले बियर अनुसार होइन अन्यसरहको अन्तःशुल्क बुझाउन कम्पनीलाई निर्देशन दिएको हो । अहिले कम्पनीको उत्पादनमा दररेट प्रतिलिटर ४३० रुपैयाँ कायम गरेको छ । विभागले जौभन्दा कनिका सस्तो पर्ने भएकाले ब्रुअरीले कनिकाको मात्रा बढी प्रयोग गरेको अनुसन्धानका क्रममा भेटिएको जनाएको छ ।
त्यसपछि विभागले कारबाही गर्ने तयारी गरेको थियो । कम्पनीलाई कारबाही गर्ने तयारी गरेपछि खेतानले पावर लगाएर विभागका महानिर्देशक र उपमहानिर्देशकलाई सरुवा गरेका छन् । खेतानको दबाबमा महानिर्देशक विनोद कुवँर र उपमहानिर्देशक शिवा दाहालकोविभागबाट सरुवा भएको हो । विभागका नयाँ महानिर्देशकले गोरखा ब्रुअरीले गरेको बद्मासीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने हुन वा ब्रुअरीको दवावमा परेर जनतालाई कनिका वियर खान बाध्य पारेर जनस्वास्थ्यमा यसरी नै खलवाड भैरहने हो त्यो भने हेर्न बाँकी छ।
तिहारदेखि कम्पनीले विभागले ब्रुअरीले उत्पादन गरेका सामाग्री बजारमा पठाउन रोक लगाएको छ । तर अहिले कम्पनीले नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा गुणस्तरहीन बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिएको छ ।
विभागले मापदण्डविपरीत उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ । कारबाहीका लागि भन्सार विभागको पनि राय लिनुपर्ने भएकाले पत्राचार गरिएको जानकारी विभागका एक कर्मचारीले दिए । उनले भने, ‘विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । हामीले कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका छौ ।’
बियरमा जौको मात्रा ५० प्रतिशत हुनै पर्ने प्रावधान छ । तर, ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको नेपाल र भारतमा बन्ने कनिका धेरै प्रयोग गरी महँगोमा बिक्री गरिरहेको विभागको दाबी छ । यतिसम्मको ब्रुअरीले उत्पादन गर्ने बियर त्यही कम्पनीमा काम गर्ने कर्मचारीले समेत खादैनन् ।
लकडाउनका बेला अनुगमन नहुने र दसैं-तिहार र छठ पर्वको समयमा अकुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीले बताउँदै आएका छन् ।
अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले उत्पादन गरेको वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही भएको छैन ।
विभागले अहिले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तरसम्बन्धी कमजोरीका बारेमा कडा कारबाही हुने बताएको छ । अहिले अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।
केही समय पहिले चितवनस्थित आन्तरिक राजस्व कार्यालयले हेर्ने गरेको नवलपुरमा अवस्थित गोरखा ब्रुअरीको कारखाना अहिले भने आन्तरिक राजस्व कार्यालय नवलपुरले हेर्दै आइरहेको छ । खेतान ग्रुपद्वारा उत्पादन हुँदै आएको यस बियरका मालिक राजेन्द्र खेतान हुन् । यसअघि खेतान ठगी आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा समेत परेका थिए । र उक्त समुह केहि बर्ष पहिले विदेशी मुद्राको हिनामिना वा अपचलनमा समेत मुछिएर कारबाही भएको थियो ।
कम्पनीबाट उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएका छन् । आन्तरिक राजस्व विभागले गोरखा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिवाना नतिरेसम्म बियर बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ । ब्रुअरीले प्रतिलिटर थप २ सय ६५ रुपैयाँ अन्तःशुल्क सरकारलाई बुझाउनुपर्ने हुन्छ । हाल कम्पनीमा सिज भएको बियरको अन्तःशुल्क आन्तरिक राजस्व कार्यालयले तोकेबमोजिम बुझाउने हो भने अब गोरखा ब्रुअरीले २४ लाख ८ हजार ६ सय लिटरको थप अन्तःशुल्क ९० करोड ३२ लाख ७९ हजार बुझाउनुपर्ने देखिन्छ । अब यस्तो अन्तःशुल्क लिने विभागको दाबी छ ।
साथै पछिल्लो दश वर्षको अवधिमा ब्रुअरीले ५०% भन्दा कनिका प्रयोग गरिएको कनिका वियर वजारमा पठाएको अरबाैँ राजस्व समेत ठगी गरेको छ ।
ब्रुअरीले वजारमा समेत एकलाैटी गरेर उपभोक्ता अधिकार समेत हनन् गरेको छ । नेपाल भित्रै अधिकांश बार तथा रेष्टुरेन्टहरुमा अरु कम्पनि वियरहरु नराख्नका लागी बर्षेनी लाखाैँ पैसा खर्च गरेर जवरजस्ती ब्रुअरीको कनिका वियर खान बाध्य पारेको छ ।
आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको अन्तःशुल्कविरुद्घ ६ वर्षयता फरक/फरक अदालतमा मुद्दा दायर गरेर अन्तःशुल्क बुझाउन अटेर गर्दै आएको गोर्खा ब्रुअरीको नियतमाथि पनि अहिले थप प्रश्न उठेको छ ।
गोर्खा ब्रुअरीले पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको जरिमाना र विलम्ब शुल्कसहितको अन्तःशुल्कमध्ये कुल १ अर्ब ४४ करोड रुपैयाँ अझै बुझाएको छैन ।
सरकारले नयाँ अन्तःशुल्क दर कायम गरिदिएपछि पनि गोर्खा ब्रुअरीले आफ्ना केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजिरहेको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभाग थप सक्रिय भएको छ ।
अहिले यस कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, उत्पादनको मौज्दात र बजार पठाउन बाँकी बियरको सम्पूर्ण विवरण लिन निर्देशन दिइसकेको छ ।
यता ब्रुअरीले भने आफ्ना उत्पादनहरुमाथि नियोजित प्रहार भएको बताएको छ । विश्वविख्यात ब्रान्ड काल्सबर्गको नियमित निगरानीमा उत्पादन भइरहेका उत्पादनमाबारे बजारमा चलाइएको हल्ला निराधार र कपोकल्पित रहेको कम्पनीले बताएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












