बागमतीमा आज मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान हुँदै
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बागमती प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि मतदान हुने तयारी छ। गएको बिहीबार प्रस्तावमा छलफल सुरु भएको थियो। एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण देखाउँदै बैठक सारिएको थियो।
गएको बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेकी थिइन्। आफू नेतृत्व र एमालेकै अघिल्लो सरकारले गरेका कामको फेरिस्त सुनाउँदै शाक्यले विश्वासको मतका लागि आह्वान गरेकी थिइन्।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै माओवादीका नेता शालिकराम जमरकट्टेल, कांग्रेसका इन्द्र बानियाँ र नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले व्यक्तिगत रुपमा शाक्य राम्रो व्यक्ति भए पनि प्रतिगमनकारी केपी ओलीको पक्षमा लागेकोले समर्थन गर्न नसक्ने बताएका थिए।
गठबन्धनका नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए। गठबन्धनले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गरेको छ। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको पक्षमा ५९ जना सांसद छन्। विभाजनपछि एमालेसँग ४३ जनामात्रै सांसद छन्।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












