बागमतीमा आज मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान हुँदै
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बागमती प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि मतदान हुने तयारी छ। गएको बिहीबार प्रस्तावमा छलफल सुरु भएको थियो। एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण देखाउँदै बैठक सारिएको थियो।
गएको बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेकी थिइन्। आफू नेतृत्व र एमालेकै अघिल्लो सरकारले गरेका कामको फेरिस्त सुनाउँदै शाक्यले विश्वासको मतका लागि आह्वान गरेकी थिइन्।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै माओवादीका नेता शालिकराम जमरकट्टेल, कांग्रेसका इन्द्र बानियाँ र नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले व्यक्तिगत रुपमा शाक्य राम्रो व्यक्ति भए पनि प्रतिगमनकारी केपी ओलीको पक्षमा लागेकोले समर्थन गर्न नसक्ने बताएका थिए।
गठबन्धनका नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए। गठबन्धनले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गरेको छ। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको पक्षमा ५९ जना सांसद छन्। विभाजनपछि एमालेसँग ४३ जनामात्रै सांसद छन्।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











