योगेश भट्टराईको दाबी- माधव नेपालको पार्टीले एक सिट जित्दैन
काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।
बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् ।
‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने । माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अपराध गरेको बताए ।
उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए । मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ । एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।
भट्टराईले माओवादी केन्द्रको पनि हालत पनि एकीकृत समाजवादीको जस्तै भएको बताए । ‘माओवादी केन्द्रको पनि अवस्था नाजुक नै छ । माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग सिट माग्दै हिँडिरहेका छन् । नेपाल पनि कांग्रेससँग मिलेर चुनाव लड्छाँै भनिरहेका छन् । कांग्रेस कसैसँग पनि तालमेल नगर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘कांग्रेसले कति जनालाई सिट बाँड्दै हिँडोस् ? माओवादी र समाजवादीसँग जग छैन भन्ने कुरा कांग्रेसलाई थाहा छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












