राष्ट्रपति, प्रधानमन्त्री जो-जो भए पनि देश माओवादीकै नेतृत्वमा छ: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय’ शक्तिका रुपमा स्वीकारिएको बताएका छन् ।
अहिले राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदहरुमा जोजो भए पनि देश माओवादीकै नेतृत्वमा रहेको उनले दावी गरे ।
चितवनको टाँडीमा सोमबार आयोजित अगूवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको उल्लेख गरे । प्रतिक्रियावादी षडयन्त्रका विरुद्धमा पार्टीले विद्रोहको झण्डा उठाएको र त्यसमा सफल भएको उनको भनाइ छ ।
‘अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोटमा र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्याउने कामको अगूवाई हाम्रो पार्टीले गरेको हो । अहिले जनता र क्रान्तिकारीमा नयाँ आशा र विश्वास पैदा भएको छ । देशभित्र मात्र होइन देशबाहिर पनि कुन मान्यता स्थापित भएको छ भने माओवादी केन्द्रले मात्रै राष्ट्रलाई एकतावद्ध राख्न सक्छ र यो नै नेपालको अपराजय शक्ति हो । यो सामान्य कुरा होइन । निकै ठूलो कुरा हो,’ प्रचण्डले ब्याख्या गरे ।
एक-डेढ वर्षदेखि पार्टी केन्द्रको क्रियाकलापले देशको राजनीति माओवादी केन्द्रकै वरिपरी रहेको पुष्टि हुने उनले बताए । प्रचण्डले भने, ‘अहिले पनि नेपाल माओवादीकै राजनीतमा छ, माओवादीकै नेतृत्वमा छ भन्ने एक–डेढ वर्षयता हाम्रो क्रियाकलापबाट देखिएको छ । प्रधानमन्त्री जोसुकै भए पनि राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरी छ । यो विश्वासलाई दह्रोगरी तपाईंहरुले आत्मसात गर्नुपर्यो । जनतामा लैजानुपर्याे ।’
माओवादी असफल भयो भने राष्ट्र हुने प्रचण्डको भनाइ थियो । ‘बिचार गर्नुहोला, यो कति भयानक कुरा छ,’ उनले भने, ‘हामीले हजारौंको बलिदान गरेर देशलाई यति ठूलो परिवर्तनमा ल्याएका हौं, यसलाई कमजोर बनाउने छुट हामीलाई छैन । त्यो अपराध हुन्छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












