बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो
काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना संसारभरिका प्रजातान्त्रिक मुलुकहरूसँग डेमोक्रेसी समिट गर्दैछन्।
अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउसले दिएको जानकारीअनुसार डिसेम्बर ९-१० मा हुने भर्चुअल समिटमा ११० देशलाई निम्तो दिइएको छ। निम्तो पाउने मुलुकहरूमा नेपाल पनि पर्छ।
मंसिर पहिलो साता काठमाडौं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा उक्त समिटका लागि निम्तो दिएका थिए।
प्रधानमन्त्री देउवाले अमेरिकाको निम्तो स्वीकार्दै आफू समिटमा सहभागी हुने जानकारी दिइसकेका छन्।
दक्षिण एसियाली क्षेत्रबाट उक्त समिटका लागि नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निम्तो दिइएको छ। बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानलाई अमेरिकाले निम्तो पठाएन।
गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनले यो समिटलाई निकै महत्वका साथ प्रस्तुत गरेका थिए। डोनाल्ड ट्रम्पका पालामा अमेरिकाले प्रजातान्त्रिक प्रणालीका लागि विश्वलाई नेतृत्व दिन नसकेका बेला बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन यो समिट आयोजना गरेका हुन्।
प्रजातन्त्रको सुदृढिकरण, तानाशाहको प्रतिरोध, भ्रष्टाचारविरूद्ध लडाइँ र मानवअधिकार सम्मानको प्रवर्द्धन गर्ने समिटको उद्देश्य छ।
समिटका लागि अमेरिकाले चीन, रूस, टर्कीलगायत मुलुकका नेताहरूलाई भने निम्तो नै दिएको थिएन। चीनले आफ्नो अभिन्न अंग भन्दै आएको ताइवानका नेता/अधिकारी यो समिटमा सहभागी हुने भएका छन्।
पछिल्लो समय ताइवानका विषयमा अमेरिका र चीनको मतभेद चुलिरहेका बेला डेमोक्रेसी समिटमा ताइवानको सहभागिताले तिक्तता झन् बढ्ने देखिन्छ।
यस्तो छ डेमोक्रेसी समिटमा सहभागी हुन लागेका मुलुकको सूची:
अल्बानिया
अंगोला
एन्टिगुवा र बारबुडा
अर्जेन्टिना
आर्मेनिया
अस्ट्रेलिया
अस्ट्रिया
बहामास
बार्बाडोस
बेल्जियम
बेलिज
बोत्स्वाना
ब्राजिल
बुल्गेरिया
काबो वर्दे
क्यानडा
चिली
कोलम्बिया
कोस्टारिका
क्रोएसिया
साइप्रस
चेक गणतन्त्र
प्रजातान्त्रिक गणतन्त्र कंगो
डेनमार्क
डोमिनिका
डोमिनिकन गणतन्त्र
इक्वेडर
इस्टोनिया
फिजी
फिनल्याण्ड
फ्रान्स
जर्जिया
जर्मनी
घाना
ग्रिस
ग्रेनाडा
गुयाना
आइसल्याण्ड
भारत
इन्डोनेसिया
इराक
आयरल्याण्ड
इजरायल
इटाली
जमैका
जापान
केन्या
किरिबाटी
कोसोभो
लाटभिया
लाइबेरिया
लिथुआनिया
लक्जमबर्ग
मलावी
मलेसिया
माल्दिभ्स
माल्टा
मार्सल टापुहरू
मौरिसस
मेक्सिको
माइक्रोनेसिया
मोल्डोभा
मंगोलिया
मोन्टेनेग्रो
नामिबिया
नाउरु
नेपाल
नेदरल्याण्ड्स
न्युजिल्याण्ड
नाइजर
नाइजेरिया
नर्थ म्यासेडोनिया
नर्वे
पाकिस्तान
पलाउ
पनामा
पपुवा न्यू गिनी
पाराग्वे
पेरू
फिलिपिन्स
पोल्याण्ड
पोर्चुगल
रोमानिया
सेन्ट किट्स र नेभिस
सेन्ट लुसिया
सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स
सामोआ
साओ टोम र प्रिन्सिपे
सेनेगल
सर्बिया
सेसेल्स
स्लोभाकिया
स्लोभेनिया
सोलोमन टापुहरू
दक्षिण अफ्रिका
दक्षिण कोरिया
स्पेन
सुरिनाम
स्वीडेन
स्विट्जरल्याण्ड
ताइवान
टिमोर-लेस्टे
टोंगा
ट्रिनिडाड र टोबागो
टुभालु
युक्रेन
युनाइटेड किंगडम
उरुग्वे
भानुआटु
जाम्बिया
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












