एकीकृत समाजवादीमा जान सक्छु, तर केपी रहँदासम्म एमालेमा जान्नँ : वामदेव गौतम
काठमाडाैँ । नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन्।
एमालेको १०औं राष्ट्रिय महामधिवेशन सुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै ओलीले आफूलाई नेतृत्वका लागि आग्रह गर्ने सम्भावना पनि नरहेको र आफूले पनि कम्तीमा उनी रहुन्जेल एमालेमा फर्किने सम्भावना नरहेको बताएका हुन्।
बीबीसीका पत्रकारले ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ भनेर सोधेको प्रश्नमा गौतमले भनेका छन्, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नुहुन्न। त्यो चरित्रचाहिँ छैन। कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन। कसैलाई पनि उहाँले लगाएको गुन तिर्नुहुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो।’
बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्र्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमाले नजाने उनले बताएका हुन्।
अन्तर्वार्ताकारले यो उमेरमा राजनीति जीवनमा यस्तो वियोगान्त हुनुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी बनाउन पनि सकिने तथा एकीकृत समाजवादीमा प्रवेश गर्न पनि सकिने जवाफ दिएका हुन्।
उनले भने, ‘पार्टी बन्न सक्छ नि कस्तो कुरा गर्नुभएको तपाईंले! जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’
एमालेमा नि भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘केपी ओली रहँदासम्म एमालेमा म जाँदैन।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












