५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव
काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ ।
चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् ।
देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् ।
सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि प्रधानमन्त्री पदबाट हटेसँगै ओली र देउवाबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सन्देश पठाएर ओलीसँग भेटघाटको पहल गरे पनि सफल भएको थिएन।
उनीहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मञ्चमा पुगेका छन् । ओली र देउवा पुगेपछि लगत्तै राष्ट्रिय गान गाएर उद्घाटन सत्र अघि बढेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी भने गएका छैनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् ।
महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले पनि सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।
त्यस्तै एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












