पर्यटन प्रवर्द्धन गर्न महाधिवेशनमा गैंडाले कम्युनिस्ट पार्टीको झन्डा समातेको लोगो बनायौं : ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)को दशौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरु भएको छ ।
यो महाधिवशेनका लागि एमालेले कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित झन्डा एकसिंगे गैँडाको हातमा थमाएको कुराले चर्चा पाएको छ ।
कम्युनिस्ट पार्टीले महाधिवेशनका लागि बनाएको लोगोमा एकसिंगे गैँडाको हातमा कम्युनिस्ट पार्टीको झन्डा थमाएको विषयमा भएका चर्चाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । उनले किन गैंडाको हातमा पार्टीको झन्डा राखिएको हो भन्ने प्रष्टीकरण दिएका छन् ।
महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेका ज्ञवालीले लोगोमा गैंडाको हातमा झन्डामाथिका चर्चाका क्रममा आएका कुराबारे जवाफ दिएका थिए । ज्ञवालीले पर्यटन प्रबर्धन गर्नका लागि एमालेले लोगोमा गैंडाको हातमा झन्डा थमाएको बताए ।
‘महाधिवेशनको लोगोको रूपमा एकसिंगे गैँडालाई अगाडि सारेका छौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं केहीले केहीले अब नेकपा (एमाले) अब लोप हुने भयो, गैँडाजस्तै भन्ने टिप्पणी गर्न पनि भ्याउनुभयो । उहाँहरूको टिप्पणी गर्न पाउने स्वतन्त्रताका लागि हाम्रो पार्टीका अध्यक्ष अध्यक्ष १४ वर्ष जेल बस्नुभएको हो । हाम्रो पुस्ता लड्यो,’ यति भनिसकेपछि गैंडालाई झन्डा थमाउनुको कारणबारे उनले थपे, ‘एक सिंगे गैंडा दुर्लभ प्राणी हो । यो नेपालमा पाइन्छ, चिवतनमा पाइन्छ । हामीले नेपालको पर्यटन ब्रान्डिङ गर्न खोझेका हौं । पर्यटनका लागि नेपाल सुरक्षित छ भन्न खोजेका हौं ।’
नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि गैंडाको हातमा झन्डा भएको लोगो तयार पारिएको ज्ञवालीको भनाइ थियो ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












