महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबी गरेका छन् ।
१०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।
चितवनमा आयोजित एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।
ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’
उनले थपे, ‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’
महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरुई एमालेमा आउन आह्वान गरे ।
‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’ ओलीले भने ।
‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












